०५ असार २०८२ बिहिवार
नेपालगञ्ज, बाँके – नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि. अन्तर्गतको नेपालगञ्ज अस्पतालले अस्पतालको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै नयाँ भेटघाट समय निर्धारण गरेको छ।
अस्पताल प्रशासनले अस्पताल भित्र बाह्य व्यक्तिहरूको अत्यधिक भीडभाड, विवाद तथा सुरक्षासम्बन्धी गुनासो बढ्न थालेपछि यस्तो निर्णय लिएको जनाएको छ। अस्पताल प्रशासनद्वारा जारी गरिएको सूचनामा उल्लेख अनुसार अबदेखि अर्को सूचना नआएसम्म अस्पतालको उत्तर गेट तोकिएको समयमा मात्र खुला गरिनेछ। अन्य समयमा गेट बन्द गरिने बताइएको छ।
भेटघाटको लागि तोकिएको समय:
बिहान ७:३० बजेदेखि ९:०० बजेसम्म
दिउँसो १:०० बजेदेखि २:०० बजेसम्म
साँझ ४:३० बजेदेखि ५:३० बजेसम्म
अस्पताल प्रशासनले सुरक्षाका दृष्टिकोणले यो व्यवस्था लागू गरिएको जानकारी दिएको छ र अभिभावक तथा सेवाग्राहीलाई सोही अनुसार अस्पतालमा उपस्थित हुन अनुरोध गरिएको छ।
अस्पताल प्रशासनले यो समय तालिका सबैको जानकारीका लागि सार्वजनिक गरेको हो र अर्को सूचना जारी नभएसम्म लागू हुने जनाएको छ।