जीवनशैली

नेपालगञ्जमा ४५ दिने सिलाई कटाई तालिम सम्पन्न, २२ जना महिलालाई प्रमाणपत्र वितरण

०५ असार २०८२ बिहीबार 

नेपालगञ्ज, बाँके – फातिमा फाउण्डेशन–नेपाल (महिला तथा बालबालिकाको लागि) को आयोजनामा सञ्चालन भएको ४५ दिने सिलाई कटाई तालिम सम्पन्न भएको छ। तालिम २०८२ साल वैशाख १६ गतेदेखि जेठ ३० गतेसम्म सञ्चालन गरिएको थियो।

महिला सशक्तिकरण, शान्ति र सहिष्णुताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तालिममा २२ जना महिलाहरुले सहभागी भई सफलतापूर्वक सम्पन्न गरेका छन्। तालिमको समापनमा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।

Advertisement

उक्त तालिम नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ५ को सहयोग तथा FATIMA FOUNDATION–NEA FEN, BANKE को सहकार्यमा सञ्चालन गरिएको हो।

फातिमा फाउण्डेशनकी अध्यक्षले तालिमले महिलाहरूलाई सीपयुक्त बनाएर आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। सहभागीहरुले पनि तालिम अत्यन्त उपयोगी रहेको भन्दै आगामी दिनमा व्यवसायिक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Advertisement