व्यापार

कर्णाली डेभलपमेन्ट बैंक काण्ड: फरार अध्यक्ष राय अन्ततः पक्राउ

१८, जेष्ठ २०८२ आइतबार 

१८ जेठ, काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकमा भएको ठूलो आर्थिक अपचलन प्रकरणमा संलग्न ठहर भएका संस्थापक अध्यक्ष तथा पूर्वसीईओ राजेन्द्रवीर रायलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का अनुसार रायलाई शनिबार नेपाल–भारत सिमानाको बेलहिया नाकाबाट पक्राउ गरिएको हो। स्रोतका अनुसार उनलाई भारतीय भूमिबाटै नियन्त्रणमा लिइएको आशंका गरिएको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा बसोबास गर्दै आएका सल्यान स्थायी घर भएका राय २०७६ देखि २०७९ सम्म कर्णाली डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत थिए। उनीमाथि बैंकबाट ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको गम्भीर आरोप लागेको छ।

बैंकले सञ्चालन गरेको आन्तरिक छानबिनले रायसँगै पूर्व सीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, र निरजविक्रम शाहसमेतको संलग्नता देखाएको थियो। अपचलनको अनुसन्धान अघि बढेपछि राय फरार भएका थिए।

Advertisement

हाल कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा छ। २०६० सालमा स्थापना भएको यो बैंक बाँकेमा केन्द्रीय कार्यालयसहित कर्णाली प्रदेशभर सेवा विस्तार गर्दै आएको छ।

सीआईबीका अनुसार ६५ वर्षीय रायलाई म्याद थपका लागि बाँके लगिँदैछ। यस प्रकरणलाई नेपालको बैंकिङ्ग इतिहासकै एक ठूलो घोटाला मानिँदैछ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
1