खेलकुद

बर्दियामा भव्य रात्रीकालिन क्रिकेट प्रतियोगिता, टिम दर्ता खुला

११, जेष्ठ २०८२ आइतबार 

गुलरिया, बर्दिया 

गुलरिया, – बर्दिया कृष्णसार स्पोर्ट क्लब, गुलरियाको आयोजनामा ऐतिहासिक रुपमा पहिलोपटक “गुलरिया रात्रीकालिन क्रिकेट प्रतियोगिता २०८२” जेठ १६ गतेदेखि गुलरिया नगरपालिका–४ स्थित कभर्ड हल खेल मैदानमा आयोजना हुने भएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले जेठ १० गतेदेखि १५ गते भित्र टिम दर्ता गराउन सक्नेछन्। दर्ता शुल्क रु. ६,००० निर्धारण गरिएको छ।

उत्कृष्ट पुरस्कार राशी सहितको प्रतियोगिता

प्रतियोगितामा विजेता टिमले रु. ५०,५०० प्राप्त गर्नेछ भने उपविजेता टिमले रु. २५,५०० जित्नेछ। त्यसैगरी, म्यान अफ द म्याच का लागि रु. ५००, बेस्ट ब्याट्सम्यान र बेस्ट बलर लाई रु. ३,०००–३,०००, इमर्जिङ प्लेयर लाई रु. २,००० र म्यान अफ द टुर्नामेन्ट लाई रु. ५,००० पुरस्कारको व्यवस्था गरिएको छ।

खेलका विशेष नियमहरू:

ICC का LBW र Leg Bye बाहेक सबै नियम लागु हुने

सबै खेल १२–१२ ओभरका नकआउट आधारमा खेलाइने

टेनिस बलमा खेल सञ्चालन हुने

Advertisement

सहभागी टिमले १६ जना खेलाडी (कोच तथा म्यानेजर सहित) को परिचय खुल्ने कागज अनिवार्य बुझाउनु पर्ने

खेलाडीहरू अनिवार्य रुपमा नेपाली नागरिक हुनुपर्ने

अम्पायरको निर्णय अन्तिम र सबैले मान्य हुने

Advertisement

चोटपटकको जिम्मेवारी खेलाडी स्वयंको हुनेछ

विवाद उत्पन्न भएमा आयोजक समितिको निर्णय अन्तिम मानिने र विरोध गर्नुपरेमा खेल समाप्तिको ३० मिनेटभित्र प्रमाणसहित रु. ५००० को रसिदसहित निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

क्लब अध्यक्ष खेम बहादुर अधिकारीले बर्दियाका खेलप्रेमीहरूसँग टिम दर्ता गरी सहभागिता जनाउन हार्दिक अनुरोध गरेका छन्।

“अब खेल्छ बर्दियाले पनि रात्रीकालिन क्रिकेट प्रतियोगिता” भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0