काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्यमा अहिलेसम्मकै ठूलो उकालो आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ७ सय रुपैयाँले वृद्धि भई १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ।
यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो। बुधबार मात्र सुन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्यमा देखिएको यो तीव्र वृद्धि अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डॉलरको भाउ र स्थानीय माग आपूर्तिको प्रभावका कारण भएको हुनसक्ने विश्लेषण गरिँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1