समाचार, भर्खरै, व्यापार, समाचार

नेपालगञ्जमा ठुलो जुवाखालमा प्रहरीको छापा : वरिष्ठ सईसहित हाइप्रोफाइल १५ जना पक्राउ, १३ लाखभन्दा बढी नगद बरामद

बाँके, नेपालगञ्ज – बाँके प्रहरीले नेपालगञ्जको बाइपासस्थित मौरी रेस्टुरेन्ट मा सञ्चालन भइरहेको ठुलो जुवा अड्डामा गए राति छापा मार्दै एक दर्जनभन्दा बढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना नेपाल प्रहरीका वरिष्ठ सई समेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको निर्देशनमा इन्स्पेक्टर यमबहादुर बुढामगर नेतृत्वको टोलीले राति करिब ११ बजे सञ्चालन भइरहेको जुवाखालमा छापा मारेको हो।

छापामारीका क्रममा प्रहरीले १३ लाख ६३ हजार ८ सय रुपैयाँ नगद, तासका गड्डी र अन्य प्रमाण बरामद गरेको बाँके प्रहरीका प्रवक्ता डीएसपी दीपक पतालीले जानकारी दिए।

पक्राउ पर्नेमा बिज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषी गुप्ता, तरुण गौतम, विनोद खड्का, महम्मद तफिक बेहना, रमेश शाही, संगम शाह लगायत रहेका छन्। त्यस्तै, अन्य जुवाडेहरूमा मधुसुदन दाहाल, मेघराज गौतम, भागीरथ यादव, नन्दलाल यादव र सुमन केसी रहेका छन्।

गोप्य सूचनाको आधारमा गरिएको उक्त कारबाहीमा नेपालगञ्जका ठूला व्यवसायी र प्रभावशाली व्यक्तिहरू समेत संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Advertisement

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि जुवा ऐनअनुसार मुद्धा दर्ता गरी म्याद थपका लागि आज बाँके जिल्ला अदालतमा पेश गरिँदैछ।

एसपी अंगुर जिसीले भने “अपराधमा जो कोही संलग्न भए पनि कानूनी कारबाहीबाट उम्कन सक्दैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement