०२ भदौ २०८२ सोमबार
बाँके, नेपालगञ्ज — नेपालगञ्ज उपमहानगरपालिका–४, न्युरोडमा आधुनिक सुविधासम्पन्न ‘डेकोर ड्रिम्स’ नामक विशिष्टीकृत पसलको भव्य उद्घाटन गरिएको छ। करदाता सैफ खानद्वारा सञ्चालनमा ल्याइएको यस पसलले घर तथा कार्यालय सजावटसँग सम्बन्धित सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य लिएको छ।
उद्घाटन समारोहमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले रिबन काटेर पसल सञ्चालनमा ल्याए। उनले नेपालका युवाहरूलाई रोजगारीको अवसर सृजना गर्न व्यवसायमै होमिनुपर्ने सुझाव दिँदै भने, “विदेशिनु मात्र विकल्प होइन, नेपालमै पनि अवसर छ भन्ने उदाहरण डेकोर ड्रिम्सले देखाएको छ। व्यवसायिक यात्रामा उद्योग वाणिज्य संघ सदैव साथमा रहनेछ।”
यस भव्य कार्यक्रममा नगरका प्रमुख व्यापारी, सरोकारवाला तथा स्थानीयवासीको उत्साहपूर्ण सहभागिता रहेको थियो।
‘डेकोर ड्रिम्स’मा दरी, गलैंचा, कम्बल, मिता, भुइँ ढाक्ने कभरदेखि आधुनिक फर्निचर, उच्च गुणस्तरीय हार्डवेयर, रङरोगन तथा सिसासम्मका सामग्री ग्राहकले एकै छानामुनि सजिलै पाउन सक्नेछन्।
सञ्चालक खानले उद्घाटन अवसरमा आफ्नो संकल्प व्यक्त गर्दै भने, “हामीले ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउनुका साथै घर सजावटलाई नयाँ स्तरमा पुर्याउने लक्ष्य लिएका छौँ। अब नेपालगञ्जवासीले मनपर्ने सजावटी सामग्रीका लागि काठमाडौं वा भारत धाउनुपर्ने छैन।”