समाचार, जीवनशैली, राजनीति, समाचार

भारतले नेपाली सेनालाई दियो ६ स्ट्राइकिङ भेइकल र घोडा सहयोग

०२ भदौ २०८२ सोमबार 

नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले सोमबार नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहारस्वरुप हस्तान्तरण गरेका हुन् । विदेश सचिव मिश्री नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर ‘लाइट स्ट्राइकिङ भेइकल’ हस्तान्तरण गरेका हुन् । साथै ६ वटा सैनिक घोडा र २ वटा सैनिक कुकुरसमेत उनले हस्तान्तरण गरेको भारतीय दुताबासले जानकारी दिएको छ ।

मिश्रीले केही स्वास्थ्य सामग्रीहरू समेत हस्तान्तरण गरेका छन्। सामग्री हस्तान्तरण गर्नुअघि जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग मिश्रीले भेटवार्ता गरेका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement