समाचार, भर्खरै, राजनीति, समाचार

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार, को को बने मन्त्री ?

३० श्रावण २०८२ शुक्रबार 

हेटौँडा । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकार विस्तार गरेका छन् । काँग्रेसबाट पाँच मन्त्री थप्दै मुख्यमन्त्री बानियाँले प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका हुन् ।

उनले काँग्रेसबाट कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री बनाएका हुन् । उनीहरूले आजै शपथ समेत लिइसकेका छन् ।

यसअघि चर्चा गरिएजस्तो मुख्यमन्त्री बानियाँले यस अघिका मुख्यमन्त्री बहादुर सिंह लामाले यस अघि मन्त्री बनाएका तीन जनालाई मन्त्री बनाएका छैनन् । यसले कांग्रेसको आन्तरिक किचलो बढ्ने देखिएको छ ।

यस अघि बानियाँले साउन २० गते शपथ लिदा आफूसहित एमालेका ६ र नेपाली कांग्रेसका २ जनालाई मन्त्री बनाएका थिए ।

Advertisement

बागमती प्रदेशको मन्त्रिपरिषद:

१- इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२- मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
३- शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
४- किरण थापामगर मन्त्री, स्वास्थ्य मन्त्रालय
५- उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय
६- कन्चन चन्द्र वादे मन्त्री, सामाजिक बिकास मन्त्रालय
७- डा. दिनेशचन्द्र देवकोटा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
८- प्रभात तामाङ मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
९- भरतबहादुर के.सी. मन्त्री, वन तथा वातावरण मन्त्रालय
१०- सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय
११- जयराम थापा मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
१२- मा. कृष्णकुमार तामाङ मन्त्री, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय
१३- विन्दु श्रेष्ठ मन्त्री उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
१४- विनु रायमाझी पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement