भर्खरै, राजनीति, समाचार, समाचार

प्रधानमन्त्री ओली भन्छन्- श्रम संसार एपमार्फत रोजगारी खोज्ने र कर्मचारी खोज्नेको एकै ठाउँमा भेट

२९ श्रावण २०८२ बिहीबार 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको श्रम संसार एप मार्फत रोजगारीको अवसर बारे जानकारी लिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले श्रमिक र रोजगारदाताको आवश्यकता र अवसरको समन्वय गर्न सरकारले श्रम संसार एपमार्फत जागिर खोज्ने र कर्मचारी खोज्नेलाई भेट गराइरहेको जानकारी दिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- रोजगारी खोज्नेले कहाँ रोजगारीको अवसर छ भन्ने थाहा नपाउने र कर्मचारी खोज्नेले आफूले खोजेजस्तो कर्मचारी कहाँ छ भन्ने थाहा नपाउने ।

Advertisement

श्रमिक र रोजगारदाताको आवश्यकता र अवसरको समन्वय गर्न सरकारले श्रम संसार एप मार्फत जागिर खोज्ने र कर्मचारी खोज्नेलाई भेट गराइरहेको छ। मोबाइलमा नागरिक एप डाउनलोड गरेर यसको जानकारी लिन सकिने छ।

रोजगारी खोजेर भौतारिनु नपरोस् भनेर श्रम मन्त्रालयले केही महिना अगाडि देखि यो एपलाई प्रयोगमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement