समाचार, जीवनशैली, भर्खरै, व्यापार, समाचार

“बैंकिङ कसूर मुद्दामा फरार विक्रम थाम्सुहाङ थापाथलीबाट पक्राउ, आवश्यक अनुसन्धानका लागि मोरङ पठाइयो”

२८ श्रावण २०८२ बुधबार 

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका ३८ वर्षीय प्रदेश विक्रम थाम्सुहाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको हो ।

Advertisement

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement