भर्खरै, राजनीति, समाचार, समाचार

वाइसीएल बाँकेको जनपक्षीय अभियान: बाँकेको खल्ला झगडियामा तटबन्ध मजबूतीकरणमा युवा जोश र स्थानीय सहभागिता

२१ साउन २०८२ बुधबार 

बाँके, राप्ती सोनारी – बाढी, डुबान र पहिरोको उच्च जोखिममा रहेको बाँकेको राप्ती सोनारी गाउँपालिका–७, खल्ला झगडियामा वाइसीएल नेपालले तटबन्ध मजबूतीकरण अभियानलाई तीव्रता दिएको छ।

वाइसीएल नेपालद्वारा सञ्चालित दुई महिने केन्द्रिय श्रम तथा उत्पादन कार्यक्रम अन्तर्गत सोमबार स्थानीय बासिन्दासँग हातेमालो गर्दै तटबन्ध सुदृढीकरण कार्य सञ्चालन गरियो। “जनताको सुरक्षाका लागि युवा अग्रपंक्तिमा” भन्ने मुल नारासहित आयोजित कार्यक्रममा वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत अली शेष (जित), लुम्बिनी प्रदेशका सह-सचिव सुनिल गिरि, बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेल र सचिव विजय बर्मा सहित सयौं युवाको सक्रिय उपस्थिति रहेको थियो।

उक्त अभियानमा राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारु स्वयं उपस्थित भएर वडा नागरिकसँग मिलेर खटिएका थिए। बाँके तटबन्धन कार्यालयका इन्जिनियरहरूको प्राविधिक समन्वयमा भइरहेको यो कार्यले जनताको प्रत्यक्ष सुरक्षा सुनिश्चित गर्ने विश्वास गरिएको छ।

Advertisement

राष्ट्रिय गौरव आयोजना अन्तर्गतको यो तटबन्ध निर्माण, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा अघि बढाइएको हो। बाढीको स्थायी समाधानतर्फको यो प्रयास राप्ती सोनारी क्षेत्रका जनताको वर्षौँदेखिको पीडाको उत्तर हुनसक्ने अपेक्षा गरिएको छ।

Advertisement

स्थानीय विकासमा जनसहभागिता र युवाको अग्रसरता देखाउने यस्तो अभियानले अन्य जिल्लाहरूलाई पनि उत्प्रेरणा दिने निश्चितप्रायः छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0