दाङ, घोराही — दाङको मुख्य व्यापारिक केन्द्र घोराहीमा नयाँ आकर्षण थपिएको छ। ‘द ब्ल्याक क्याट फेम्ली रेष्टुरेन्ट’ नामक एक आधुनिक पारिवारिक रेष्टुरेन्ट हालै औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्वादिलो परिकार, रमणीय वातावरण र पारिवारिक आतिथ्यका साथ यो रेष्टुरेन्ट स्थानीय ग्राहक र पर्यटकहरूलाई लक्षित गरी खोलिएको हो।
रेष्टुरेन्टका सञ्चालकका अनुसार यहाँ नेपाली, भारतीय, चाइनिज र कन्टिनेन्टल परिकारहरू विशेष रूपमा उपलब्ध छन्। साथै, बालबालिकाको लागि अनुकूल वातावरण, फेम्ली डाइनिङ स्पेस, र सान्त वातानुकूलित हलले ग्राहकलाई सन्तुष्टि दिने उद्देश्य राखिएको छ।
उद्घाटन समारोहमा स्थानीय व्यवसायी, पत्रकार, र जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। धेरैले यो रेष्टुरेन्टले घोराहीको खानपिन संस्कृतिमा नयाँ स्वाद र स्तर ल्याउने अपेक्षा व्यक्त गरेका छन्।
‘द ब्ल्याक क्याट’ रेष्टुरेन्ट बिहान ८ बजेबाट राति १० बजेसम्म खुला रहने जानकारी दिइएको छ।