२९ , शुक्रबार २०८१ 

काठमाडौं – नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको १३ औं केन्द्रीय अधिवेशनबाट अयुब अलि खान संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा खानले ४७ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी विजयी यादवलाई पराजित गरे। यादवले २७ मत प्राप्त गरेका थिए।

देशभरबाट आएका ८२ जना केन्द्रीय प्रतिनिधिहरूको सहभागितामा अधिवेशन सम्पन्न भएको थियो।

नव-निर्वाचित कार्यसमितिमा अन्य पदाधिकारीहरू यस प्रकार छन्:

वरिष्ठ उपाध्यक्ष: रेवतीप्रसाद सुवेदी

खुला उपाध्यक्ष: भुषण अधिकारी

उपाध्यक्ष: छनोद पौडेल

महिला उपाध्यक्ष: कल्पना शर्मा

महासचिव: नरबहादुर विष्ट

सचिव: झरना दहाल

कोषाध्यक्ष: सन्तोष आचार्य

नयाँ नेतृत्वले संस्थानका कर्मचारीको हकहितका लागि प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0