१९ मंसिर २०८१ बुधबार,
नेपालगन्ज, नेपालगन्ज यति बेला धारा म्याराथनको चर्चामा छ।
धारा नेपालगन्ज म्याराथनको दसौं संस्करणका लागि नेपालगन्ज निवासी हाल अमेरिका बसोबास गर्ने राजा खान नेपालगन्जले आर्थिक सहयोग गरेका छन।
मङ्सिर २२ गते हुने मुख्य दौड कार्यक्रम तथा मङ्सिर २० र २१ मा हुने नेपालगन्ज कन्क्लेभ हुने भएको छ।
नेपालगन्जको चौतर्फी बिकास तथा बिषयगत बिज्ञ हरुको साथमा हुने बृहत छलफल हुने बताइएको छ।
खेलकुद क्षेत्रलाई सम्बर्द्धन र प्रबर्द्धनका निम्ति सबै जुट्नु पर्ने समेत राजा खान नेपालगन्जले अहवान गर्नुभएको छ।
कार्यक्रमका आयोजक टि. एस.ठकुरीका अनुसार खानले गर्नु भएको सहयोग पिछडिएका तथा सीमान्तकृत वर्ग तथा आर्थिक अवस्था कै कारणले सहभागी हुन नसक्ने वर्गको लागि सहभागीताको वातावरण सिर्जना गर्ने ठकुरीले बताएका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
3
+1
+1