बाँके,२२ कार्तिक

बिहिबारदेखी पुजा आराधना गर्दै छठ पर्व मनाउन सुरु गरिएको छ ।

आस्थाको पर्व छठका लागि नेपालगञ्जका पोखरीहरूलाई आकर्षक रूपमा सजाइएको छ । हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु भएसंगै नेपालगञ्जका हिन्दु समुदाय बागेश्वरी मन्दीरमा नुहाइधुवाई गरेर मनाएको देखिन्छ ।

अन्नकुट तथा गोवर्धन पर्व सम्पन्न भएको भोलिपल्ट देखि नै छठपर्व मनाउने गरिन्छ। यस अवसरमा पारिवारिक सुख, समृद्धिको कामना गर्दै श्रद्धापूर्वक छठ मनाइन्छ।

बजारमा पूजा सामग्री किन्नेको चहलपहल बढेको छ।छठको आज तेस्रो दिन नुहाई ख्वाई गरेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुनेछ ।

यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहलपहल बढेको हो । आदिदेव सूर्यलाई अर्घ्य दिन नदी, तलाउ, पोखरी,इनारलगायत जलाशयको किनारमा घाट बनाएर विशेष रूपले सिँगार्ने गरिन्छ ।

खासगरी नेपालगञ्ज बागेश्वरी मन्दीर धार्मिक तथा ऐतिहासिक पोखरीलाई सजाइएको छ ।
एक जना श्रद्धालु श्याम लाल गुप्ताले विगतभन्दा यो वर्ष सजावटमा वृद्धि भएको बताए । उनले छठ घाटमा अर्घ्य लिएर आउने श्रद्धालुहरूका लागि घाट बनाइएको जिकिर गरे ।

पुर्व तिर मनाइने छथ बिस्तारै नेपालगञ्जमा समेत मनाउन थालिएको उनले बताए। अर्घ्य गर्नका लागि आएका श्रद्धालुहरुलाई घाटको लागि शुल्क समेत निर्धारण गरिन्छ । नेपालगञ्जमा करीब ५ हजार जनाले उक्त अर्घ्य अर्पणमा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0