२०८१-कार्तिक २७
मकवानपुर- हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्किँदा एकजनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् ।
मधेश प्रदेश ०३-००२ ख ०३०० नम्बरको पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको टायर खोली बनाई हावा भर्ने क्रममा टायर पड्किन जाँदा टायर पसलका साहु भारतको भोजपुर बस्ने महमद ऐजाजको मृत्यु भएको हो ।
टायर खोली बनाई हावा भर्ने क्रममा सोमबार राति १ः०५ बजेको समयमा टायर पड्किँदा नजिक रहेका ३४ वर्षीय ऐजाजको टाउको र शरीरको बायाँ चोट लागेको थियो।
गम्भीर घाइते उनालाई भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि पठाइएकोमा बिहान सवा ४ बजे चिकित्सकले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पसलका कामदार पर्सा जिल्ला धोबिनी गाउँपालिका- २ का १८ वर्षीयजाबिर हवारे, मधेस प्रदेश ०३–००२ख ०३०० नम्बरको ट्याङ्करका चालक हेटौँडा-११ स्मारक बस्ने ३९ वर्षीय देवान लामा लामा घाइते भएका छन्।
यस्तै धादिङको धुनिबेसी नगरपालिका- २ भञ्ज्याङपोखरीका वर्ष २३ का उत्तम बस्नेत, हेटौँडा ११ नवलपुरका वर्ष ४७ का मोहनलाल दुलाल र अर्को ट्याङ्करका चालक धादिङकोथाक्रे गाउँपालिका-८ का वर्ष ३८ का लक्ष्मण थापा घाइते भएका छन्।
घाइतेमध्ये ट्याङ्कर चालक लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ। अरु डिस्चार्ज भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।