०७ नेपालगन्ज, बाँके २०८१
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको अनाथलय गौसिया मध्यामिक विद्यालयमा विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री तथा स्कुल ब्याग वितरण गरिएको छ ।
राजा खान नेपालगन्जद्वारा आफ्नो जन्मदिनको अवसरमा उक्त सामाग्री वितरण गरीएको हो। विद्यालयका जेहेन्दार, अनुसाशित तथा बिपन्न घरपरीवारका २२ जना विद्यार्थीलाई स्कुल ब्याग कापी, कलम,कटर र इरेजर लगायत को स्टेशनरि वितरण गरीएको थियो ।
जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा शैक्षिक क्षेत्रको विकासको लागिखर्च गर्नु उपयुक्त ठानेर सहयोग गरेको राजा खान नेपालगन्ज कार्यक्रमको अध्यक्ष समेत रहनुभएका इरफान अलि (अरसद) ले बताउनु भयो।
आफ्ना लागि सबै विद्यार्थी समान भएपनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छानेर स्टेशनरी वितरण गरिएको उहाहरुले बताउनुभयो । अन्य विद्यार्थीलाई पनि आगामि दिनमा समाबेश गरिने उहाहरुले बताउनुभएको छ ।
नेपालगन्ज टेलिभिजनको अध्यक्ष इरफान अलिको अध्यक्षतामा सम्पादक रोशन कुमार शाह साथै समाज सेवि मो.सजिद खान, बाल अधिकारकर्मी साहिल अन्सारी, समाज सेवि दिलावर सिद्दीकी, र नेपालगन्ज टेलिभिजनका सम्बादाता हुसैन अन्सारीको प्रतिनिधित्वमा वितरण कार्यक्रम गरिएको थियो।
राजा खान नेपालगन्जको जन्मदिनको अवसरमा आजको पहिलो चरणको स्टेसनरी सामाग्री कार्यक्रम आज समापन भएको छ। साथै अन्य कार्यक्रम पनि रहेको छ। त्यसै गरि दोस्रो चरणमा दारुल उलुम जामिया मिफताउल उलुमका २२ जना बिद्यार्थी लाई पुन सामग्री बितरण गरिएको छ।