२९ , शुक्रबार २०८१ 

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष कौशलकुमार धोबीले उपमेयरको कार्यकक्षमा पल्टिएको फोटो सार्वजनिक भएपछि स्पष्टिकरण दिएका छन्। स्वास्थ्यमा समस्या आएपछि केहीबेर विश्रामका लागि पल्टिएको भन्दै उनले घटनालाई अनावश्यक रुपमा उछालिएको बताएका छन्।

चैत २८ गते नगर कार्यपालिका कार्यालयमा उपमेयर कमरूद्दीन राईको कार्यकक्षमा वडाध्यक्ष धोबी सोफामा पल्टिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीव्र टिकाटिप्पणी भइरहेका छन्।

यसै सन्दर्भमा प्रतिक्रिया दिंदै उनले भने, “स्वास्थ्यमा एक्कासि समस्या आएपछि केहीबेरको लागि उपमेयरको कार्यकक्षको सोफामा पल्टिएको थिएँ। त्यसबेलाको फोटो खिचेर सामाजिक सञ्जालमा राखिएको प्रति म खेद प्रकट गर्दछु।”

धोबीका अनुसार उनी पछिल्ला केही महिनादेखि उच्च रक्तचाप (ब्लड प्रेसर) को समस्याबाट पीडित छन् र चैत २८ गतेको दिन त्यसैको असरस्वरूप असहज महसुस गरेपछि उपमेयरको कार्यकक्षमा पुगेका थिए।

वडाध्यक्ष धोबीले सामाजिक सञ्जालमा भइरहेका भ्रामक व्याख्याप्रति आपत्ति जनाउँदै वास्तविकतामा ध्यान दिन अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0