बाँके,नेपालगन्ज १९

बाँकेको बच्चुपुर्वा नेपालगन्ज वडा न.५ मा रहेको रामनगर रोडमा सेनेटरी पैड वितरण गरिएकाे छ ।

इको नेपाल फाउन्डेसन द्वारा महिनावारि सम्बन्धि सचेतना तथा नि:शुल्क सेनेटरी पैड वितरण कार्यक्रम गरीको छ।

करिब १०० जना महिलाहरुलाई महिनावारि सम्बन्धि केन्द्रित गर्दै करिब २०० वटा नि: शुल्क सेनेटरी पैड वितरण गरिएको थियो।

उक्त कार्यक्रममा नेपालगन्जका समाजसेवी शौरभ शाह बोल्दै माहिलाले महिनावारि भएको बेलामा कसरी समस्याग्रस्त बाट जोगिने भन्ने जनचेतना दिएका थिए ।

उक्त कार्यक्रममा वडा न.५ स्थित बच्चुपुर्वामा रहेको रामनगर रोडमा करिब २०० जनाको कार्यक्रममा सहभागिता रहेको थियोे। कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको हो
सेनीटरी पैड सहयोग गराउनेमा निर्मल थापा र लिला थापा को सहयोग रहेको थियोे।

सेनीटरी पैडको काम के हो.?
सेनिटरीको सामान्य अर्थ हुन्छ सरसफाइ/सफा । यो महिलाले महिनावारी भएको समयमा प्रजनन अङ्गबाट बग्ने रगतलाई बाहिर नखसोस भनी प्रजनन अङ्गको मुखमा राख्ने एक कपडा वा पेपरबाट बनेको टुक्रा हो । जसले महिनावारीको समयमा आएको रगतलाई आफूमा नियन्त्रण गरेर राख्छ र बाहिर बग्न दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0